सेल्फ क्वारेन्टाइनबाट प्रियंकाले शेयर गरिन् आयुष्मानलाई मसाज गरेको तस्वीर « Khabarhub

सेल्फ क्वारेन्टाइनबाट प्रियंकाले शेयर गरिन् आयुष्मानलाई मसाज गरेको तस्वीर


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा पछिल्लो समय बिहेका तस्वीर मात्र शेयर गरेकी छिन् । फागुनमा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका परिवारसहित सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् ।

लकडाउनका कारण उनी परिवारका सदस्यसँग कुराकानी गरेर बिताइरहेकी छिन् । प्रियंकाको परिवार एकअर्कालाई समय दिइरहेका छन् ।

प्रियंकाले पति आयुष्मान देशराज जोशीको टाउकोमा मसाज गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै अरुलाई पनि क्वारेन्टाइनमा बस्दै गरेको तस्वीर शेयर गर्न आग्रह गरेकी छिन् ।

प्रियंकाले शेयर गरेको तस्वीरमा दुई कुकुर पनि देख्न सकिन्छ ।

उनको तस्वीरमा फ्यानले प्रेम दर्शाएका छन् । प्रियंकाले ह्यासट्याग शेयर गर्दै फ्यानलाई आफ्ना तस्वीर पनि शेयर गर्न अनुरोध गरेकी छिन् ।

पछिल्लो समय प्रियंका र आयुष्मान कुनै पनि फिल्ममा देखिएका छैनन् । प्रियंकाले बिहेपछि काममा फर्किने बताएकी थिइन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ३२ बजे

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा