कोरोना भाइरस आशंकामा संकलन गरिएको नमूना लिन गएको जहाज धावनमार्गमा दुर्घटना « Khabarhub

कोरोना भाइरस आशंकामा संकलन गरिएको नमूना लिन गएको जहाज धावनमार्गमा दुर्घटना


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंबाट कोरोना भाइरस संक्रमणको आशंकामा संकलन गरिएको स्वाबको नमूना लिन गएको विमान दुर्घटनामा परेको छ ।

स्वाबको नमूना लिनका लागि नेपालगञ्ज गएको नेपाल एयरलायन्सको जहाज अवरतरण गर्ने बेलामा दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई जना चिकित्सक र तीन जना चालक दलका सदस्य सकुशल रहेको विमानस्थल स्रोतको भनाइ छ ।

जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जाली नजिक पुगेको थियो ।

विभिन्न स्थानमा संकल भएका स्वाबका नमूना काठमाडौं ल्याउन स्वास्थ मन्त्रालयले उक्त जहाज चाटर्ड गरेको थियो । विमानबाट लाइएका स्वाबलाई राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिने छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १२ : ३७ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि