कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारीको निधन « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारीको निधन


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन– कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ ।

८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार सिक्टुस हेनरीले राजकुमारीको निधन शुक्रबार भएको पुष्टी गरेका छन्।

टेरेजाको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना सङ्क्रमित आठ सय ४४ जनाको ज्यान गएको छ । स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ५९ बजे

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो

काँकरभिट्टाबाट नाकाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका

धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान

काठमाडौं – धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ।

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष