चीनबाट आएका स्वास्थ्य सामग्री आइतबार नै सातै प्रदेशमा वितरण गरिने « Khabarhub

चीनबाट आएका स्वास्थ्य सामग्री आइतबार नै सातै प्रदेशमा वितरण गरिने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीनबाट ल्याएका कोरोना भाइरस संक्रमणको रोकथामका लागि पूर्वतयारीसँग सम्बन्धित स्वास्थ्य सामग्री आइतबार नै सबै प्रदेशलाई वितरण गर्ने भएको छ ।

सरकारले खरिद गरेका तथा विघिन्न संघसंस्थाले अनुदानमा दिएका स्वास्थ्य सामग्री लिन शनिबार नेपाल वायुसेवा निगमको जहाज चीन ग्वान्जाओ गएको थियो । कोरोना भाइरसको परीक्षणदेखि रोकथामसँग सम्बन्धित १२ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएर जहाज आइतबार बिहान काठमाडौं आइपुगेको थियो ।

जहाजले ल्याएका स्वास्थ्य सामग्री अनलोड भइसकेको र आइतबार नै हेलिकोप्टरमार्फत सातै प्रदेशमा वितरण गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
चीनबाट ल्याइएका सामानमध्ये सबैभन्दा बढी कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गर्न प्रयोग हुने ¥यापिड डायग्नोस्टिक किट १ लाख थान छन् ।

यस्तै, पोर्टेबल पीसीआर रिएजेन्ट किट २० हजार थान, पोर्टेबल पीएसआर मेसिन ५ थान, थर्मोमिटर इन्फारेड, नो कन्ट्याक्ट ह्यान्डल १ हजार ५ सय थान, सुज कर डिस्पोजेबल २० हजार थान, रेस्पिरेटर, मास्क, एफएफपीटु एन(९५ लगायत ३० हजार थान, विभिन्न साइजका ग्लोब १ लाख थान, गाउन, एएएमआई लेभल थ्री २० हजार थान तथा क्लोरिन एनएडीसीसी ४ हजार थान छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : २३ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको