रुपन्देहीको कोरोना विशेष अस्पतालमा भर्ना भएका व्यक्तिको मृत्यु | Khabarhub Khabarhub

रुपन्देहीको कोरोना विशेष अस्पतालमा भर्ना भएका व्यक्तिको मृत्यु


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कोरोना भाइरस (कोभिड १९)को आशंका अस्पताल भर्ना भएका १ व्यक्तिको मृत्यु भएको छ ।

रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको सैनामैना नगरपालिका घर भएका ३४ वर्षीय पुरुष छन् ।

उच्च ज्वरोसहित रुघाखोकीको लक्षण देखिएपछि उनलाई चैत १३ गते बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार उनी केही समय अगाडि संयुक्त अरब ईमिरेट्सको दुबईबाट नेपाल आएका थिए । बुटवल उपमहानगरपालका प्रवक्ता राम प्रसाद रेग्मीले कोरोना विशेष अस्पतालमा भर्ना भएका १ जनाको मृत्यु भएको पुष्टि गरे । तर, उनको मृत्युको कारणबारे खुल्न नसकेको रेग्मीको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : ११ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको