अमेरिकामा एकै दिन थप २० हजार संक्रमित, ५६५ जनाको मृत्यु « Khabarhub

अमेरिकामा एकै दिन थप २० हजार संक्रमित, ५६५ जनाको मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिले अमेरिकामा तीव्र देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै अहिले अमेरिकामा तीव्र देखिएको हो । युरोपियन मुलुकमा पनि कोरोनाको संक्रमण अपेक्षा गरेअनुरुप रोकिएको छैन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ६५ जनाले ज्यान गुमाएका छन् । यो स‌ंगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ४८ पुगेको छ ।

त्यसैगरी अमेरिकामा एकैदिन १९ हजार ९ सय ८८ जनामा संक्रमण देखिएसँगै संक्रमितहरुको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ । अमेरिकामा ५ हजार ५ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् । ३ हजार ५ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैगरी इटालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण एकै दिन ८ सय १२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो समेत गरी कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ।

यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ। यो समेत गरेर स्पेनमा कोरोनाले ७ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन्।

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ भने ७ लाख ८४ हजार ३८१ जना संक्रमित भएका छन्।

सँगसँगै १ लाख ६५ हजार ३५ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ३२ बजे

बेइजिङ भ्रमणमा ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइन पुटिनको मुख्य मुद्दा

इजिङ- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमणका क्रममा ऊर्जा सुरक्षा

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्‍यो सिल

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले

चिनियाँ राष्ट्रपतिको चेतावनी : मध्यपूर्व द्वन्द्व नरोकिए क्षेत्रीय अस्थिरता थप बढ्न सक्छ

बेइजिङ- चीनका राष्ट्रपति शी चिनफिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको

प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

मुदी गाउँ- आँखैअगाडि चाँदीजस्तै टलक्क टल्केका गुर्जा र धवलागिरि हिमाल

एमालेको आरोप : सुकुम्वासीमाथि सरकारको अमानवीय व्यवहार रोकिएन

काठमाडौं- नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले उपत्यकासहित विभिन्न स्थानबाट हटाइएका