परीक्षा दिन बेलायत पुगेका चिकित्सक र विद्यार्थी अलपत्र, उद्दारको अपिल « Khabarhub

परीक्षा दिन बेलायत पुगेका चिकित्सक र विद्यार्थी अलपत्र, उद्दारको अपिल


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा अलपत्र परेका नेपालीले आफूहरुको उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् ।

बेलायमा नेपाली चिकित्सक र विद्यार्थीहरु अलपत्र परेका छन् ।

सरकारले नेपाल भित्रन बन्दै गर्दै उडानहरु रोकेसँगै बेलायतमा रहेका नेपालीहरु उतै अलपत्र परेका हुन् ।

कोरोना भाइरस संक्रमणको त्रासमा नेपालले युरोपसहितका अन्य देशसँगको हवाई सेवामा रोक लगाएको थियो । अहिलो भने सम्पूर्ण उडानहरुमा रोक लगाउँदै नेपालमा लकडाउन गरिएको छ ।

नेपालबाट दर्जनौ नेपाली चिकित्सक चिकित्सा परीक्षाका लागि बेलायत पुगेका बेलमा त्यहाँ फसेका हुन् । भने कयौं नेपाली विद्यार्थी बेलायतमा बस्दै आएका छन् ।  उनीहरु रोजगारी, खान र बस्नको समस्याका कारण विचल्लीमा परेका हुन् ।

धुलिखेल अस्पतालका चिकित्सक डा अमिर अवालले नेपाल सरकार समक्ष आफूहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग पहल गरेका छन् ।

आफूहरु मेडिकल जाँचका लागि बेलायत आएको भएपनि कोराृनाका कारण परीक्षा स्थगित भएको र नेपाल फर्कन खोज्दा नेपालसँगको हवाई सम्पर्क नभएको भएका कारण समस्यामा परेको उनले बताए ।

उनले आफ्नो समूहमा ६ जना रहेको र निश्चित समयका लागि ल्याएको खर्च सकिएपछि आफूहको विचल्लि भएको उनले बताए ।

उनले आफूहरुसँगको सम्पर्कमा २० जनाजति चिकित्सकहरु बेलायतमा रहेको र सबै जना स्वदेश फर्कने चाहिरहेको बताए ।

त्यस्तै बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न पुगेका करिब ५०० जति विद्यार्थी विचल्लीमा परेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ३ : ४३ बजे

दल वा निर्वाचन प्रतिनिधिले गाडी प्रयोग गर्न अनुमति लिनुपर्ने

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन

चीन–जर्मनी सम्बन्ध ‘नयाँ उचाइ’ तर्फ

बेइजिङ- युरोपेली सङ्घ (इयु) ले चीन र संयुक्त राज्य अमेरिका

पशुपतिनाथमा भक्तजनको भीड, यस्तो देखियो ड्रोन भ्यु (तस्बिरहरू)

काठमाडौं– आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा

सर्लाही– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै

राष्ट्रिय सभामा पुगेपछि रामकुमारी एमालेको भोट घटाउन लागेकी हुन् ?

काठमाडौं– यतिबेला एमालेको विपक्षी कित्ताबाट अध्यक्ष केपी शर्मा ओलीपछि आलोचनाको