कतार एयरवेजको जहाजमार्फत नेपालमा रहेका ३ सय अमेरिकी नागरिकको उद्दार « Khabarhub

कतार एयरवेजको जहाजमार्फत नेपालमा रहेका ३ सय अमेरिकी नागरिकको उद्दार


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिकमध्ये करिब ३ सय जनालाई उद्दार गरी मंगलबार स्वदेश लगेको छ ।

नेपालस्थित अमेरिकी दूतावासको संयोजनमा नेपालमा रहेका करिब ३ सय अमेरिकी नागरिकहरु चाटर्ड उडानमार्फत नेपालबाट अमेरिकाका लागि उडेका हुन् ।

कतार एयरको चाटर्ड उडानमार्फत उनीहरु स्वदेशतर्फ प्रस्थान गरेका हुन् ।

नेपालबाट उडेको जहाज कतारको दोहा हुँदै अमेरिका लाग्ने बुझिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले पर्यटन बोर्ड र नेपाल नागरिक उड्डय प्राधिकरण र गृह मन्त्रालयको सहयोगमा देशका विभिन्न ठाउँमा रहेका आफ्ना नागरिकलाई सोमबार काठमाडौंमा जम्मा गरेको थियो ।

काठमाडौंमा जम्मा भएकाहरुलाई मंगलबार कतार एयरवेजका चाटर्ड फ्लाइटमार्फत स्वदेश पठाइएको हो ।

यसअघि युरोपेली संघ (ईयू)को संयोजनमा पनि नेपालमा रहेका युरोपेली देशका नागरिकहरुलाई उद्दार गरी स्वदेश पठाइएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : २६ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय