कोरोना सर्ने भन्दै नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ | Khabarhub Khabarhub

कोरोना सर्ने भन्दै नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कोरोना भाइरस सर्ने भन्दै घरमा डेरा गरी बस्दै आएकी स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्न खोज्ने घरधनी पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङको आदेशका प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरका नारायण आचार्यलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आचार्यले तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी २० वर्षीया सिर्जना खड्कालाई निकालेको भन्दै उजुरी दर्ता भएको थियो ।

घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा नर्सका रुपमा कार्यरत खड्का आचार्यको घरमा डेरा गरी बस्दै आएकी थिइन् । तर, खड्का अस्पताल आउँदा जाँदा कोरोना सर्न सक्ने भन्दै आचार्यले उनलाई घरबाट निकालेका थिए ।

आचार्यले घरबाट निकाले पछि खड्का भने केही दिनदेखि होटलमा बस्दै आएकी थिइन् ।

खड्काको गुनासो पछि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालयमा आफ्नो अस्पतालमा कार्यरत नर्स घरबाट निकालिएको विषयमा जानकारी दिएको थियो ।

सोही जानकारीका आधारमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आचार्यलाई पक्राउ गर्न आदेश दिएका हुन् । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार पक्राउ परेका आचार्य घोराही नगरपालिका वडा नम्बर २ को कार्यालयमा वडा सचिवका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ५७ बजे

प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ

भक्तपुर- बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा