स्पेनमा कोरोना संक्रमितको संख्या करिव एक लाख « Khabarhub

स्पेनमा कोरोना संक्रमितको संख्या करिव एक लाख


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । संक्रमितको संख्या ९५ हजार ९ सय २३ जना भन्दा बढी पुगेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४८ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । त्यस्तै एकै दिन ७ हजार ९ सय ६७ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ हजार २ सय २५ जना उपचारपछि निको भएका छन् । ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ६८ हजार २ सय उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ३० बजे

‘प्रधानमन्त्रीले सुकुम्वासीमाथि अत्याचार गरे, राज्य आतंक मच्चाए’

भूमिअधिकारकर्मी जगत देउजा पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासीहरूमाथि

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको

बल्खु खोलामा ‘गरिब’ इन्द्रबहादुरको ‘गल्ती’

काठमाडौं– गत ९ वैशाखमा राजीनामा दिनुअघि गृहमन्त्री सुधन गुरुङले सामाजिक