कोरोना भाइरस पीडितलाई सहयोग गर्न बट्लरको सर्ट अक्सनमा | Khabarhub Khabarhub

कोरोना भाइरस पीडितलाई सहयोग गर्न बट्लरको सर्ट अक्सनमा


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इङ्ग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बटलरले कोरोना भाइरस पीडितको उपचारका लागि सहयोग गर्न विश्वकप क्रिकेटमा लगाएको सर्ट अक्सन गर्ने भएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफु फाइनलमा लगाएको सर्टलाई अक्सनमा राख्ने जानकारी दिएका हुन् ।

उनले रोयल ब्रोम्पटन एन्ड हरेफिल्ड हस्पिटलको च्यारेटिका लागि उक्त सर्ट अक्सनमा राख्ने बताएका छन् ।

‘म विश्वकपफाइनलमा लगाएके सर्टबाटलाई अक्सनमा राख्दैछु, अक्सनबाट आएको पैसा रोयल ब्रोम्पटन एन्ड हरेफिल्ड अस्पताललाई च्यारेटिमार्फत् सहयोग गर्ने छु,’ बट्लरले लेखेकाछन्, ‘गएको हप्ता उनीहरुले कोभिड १९ बाट प्रभावितको जीवन बचाउने सामाग्रीका लागि अपिल गरेका थिए त्यसैमा सहयोग गर्न चहान्छु ।’

मंगलबार उनले अक्सनमा राखेपछि सबैभन्दा धेरै ६१ हजार १ सय युरो एकजनाले मूल्य तोकेका छन् । उक्त सर्टमा इङ्ग्ल्यान्डको विश्वकप फाइनल खेलेका सबै खेलाडीको हस्ताक्षर समेत रहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ४१ बजे

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार