चितवनका व्यवसायीको चिन्ता– लकडाउनका बेला हात्ती दुब्लाउने भए ! « Khabarhub

चितवनका व्यवसायीको चिन्ता– लकडाउनका बेला हात्ती दुब्लाउने भए !


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको सौराहा क्षेत्रका हात्ती व्यवसायीहरुले लकडाउनका कारण हात्तीहरुलाई आवश्यक पर्ने आहारको अभाव भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले हात्तीको आहारका लागि निकुञ्ज कार्यालयले घाँस उपलब्ध गराउनुपर्ने पनि माग गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकलाई हात्ती सफारी गराउन सौराहामा निजीस्तरबाट हात्ती पालिएका छन् ।

यसअघि आफ्नै तरिकाले हात्तीका लागि आहार जुटाउँदै आएका व्यवसायीहरुले लकडाउनका कारण भने समस्या भएको बताएका छन् ।

युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी लकडाउनका कारण हात्तीहरुलाई खुवाउने दानासहितको आहार जुटाउन नसकिएको बताउँछन् । यस्तो अवस्थामा हात्तीहरुको प्राण बचाउनका लागि पनि निकुञ्ज कार्यालयले घाँस उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

‘हामीले निकुञ्जबाट घाँस दिनुपर्छ भनेर धेरै पहिलेदेखि माग राखेका थियौँ,’ ‘तर अहिलेसम्म सुनुवाई भएको छैन । अहिलेको अवस्थामा पशु अधिकारकर्मीहरु समेत केही बोलेका छैनन् ।’

एउटा हात्तीलाई दैनिक २ सय ५० किलो आहारा आवश्यक पर्ने तिवारीको भनाइ छ ।

यसअघि हात्तीलाई घाँससँगै दाना पनि दिने गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले सुनाए । ‘लकडाउनका कारण दाना दिन सकिएको छैन । यस्तो अवस्थामा हात्ती दुब्लाउला कि भन्ने चिन्ता बढेको छ,’ भट्टराईले चिन्ता व्यक्त गर्दै भने ।

निकुञ्जले घाँस मात्रै उपलब्ध गराइदिएको भए हात्ती जोगाउन सकिने भट्टराई बताउँछन् ।

हात्ती व्यवसायीहरुले सरकारीस्तरबाट भेटेरिनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बिमाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएका छन् ।

चितवनको सौराहामा अहिले ७० वटा निजी हात्तीहरु रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १२ : ०३ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट