श्रमजिवी पत्रकारकालाई राहत प्याकेजको घोषणा गर्न माग | Khabarhub Khabarhub

श्रमजिवी पत्रकारकालाई राहत प्याकेजको घोषणा गर्न माग


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजिवी पत्रकारहरुका लागि विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न कठिन परिस्थितिका बावजुद पत्रकारहररू अहोरात्र खटेर काम गरिरहेको अवस्थामा सरकारले उनीहरुका लागि विशेष राहत प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष अर्यालले भनेका छन्, ‘ श्रमजिवी पत्रकारहरु अहिलेको अवस्थामा आफ्नो ज्यान नै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्न कार्यस्थलमा अहोरात्र खटिरहेका छन् । फ्रन्टलाईनमा रहेर काम गर्नुपर्ने अवस्था छ र गरिरहेका पनि छन् । तर सरकारले घोषणा गरेको राहत प्याकेजमा उनीहरुका सम्बन्धमा केही बोलिएको छैन ।’

सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सञ्चामाध्यम छुटेको हुँदा उनीहरुका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न उनले अपिल गरेका हुन् ।

उनले श्रमजीवी पत्रकारहरुको स्वास्थ सुरक्षाका लागि पनि सरकारले आवश्यक ध्यान दिनपर्ने उल्लेख गरेका छन् । कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षा लगायतका विषयमा सम्बन्धित आमसञ्चार प्रतिष्ठान थप गम्भीर बन्न र आवश्यक प्रबन्ध मिलाउन समेत अनुरोध गरेका छन् ।

उनले संकटपूर्ण घडीमा कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकोले सम्बन्धित आमसञ्चार प्रतिष्ठानले मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

उनले अहिलेको संकटको घडीमा मोफसलका श्रमजीवीहरूले संचालन गरेका स्वरोजगार मुलक र साना लगानीका मिडिया थप आर्थिक संकटमा भएको हुँदा उनीहरुका लागि राज्यकातर्फबाट ठोस आर्थिक राहतको आवश्यकता रहने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ३३ बजे

अमेरिकी कर दक्षिण एसियामा भारतलाई सबैभन्दा महंगो, पाकिस्तानलाई सबैभन्दा सस्तो 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को गरी विभिन्न मुलुकमाथि

जन्मदिनका नाममा होटलदेखि सडकसम्मै चक्रे मिलनको तामझाम, प्रहरीले ४७ जनालाई लियो हिरासतमा

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित ४७

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

गोरखा– जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्षमा २० लाख १६

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

वीरगञ्ज– पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत