विपन्नलाई राहत दिने विषयमा अध्यक्षद्वय ओली–प्रचण्डबीच छलफल | Khabarhub Khabarhub

विपन्नलाई राहत दिने विषयमा अध्यक्षद्वय ओली–प्रचण्डबीच छलफल


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कोडिभ–१९ को सङ्क्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिने विषयमा छलफल भएको छ ।

आज अपराह्न प्रधानमन्त्री निवासमा भएको उक्त छलफलमा गरिब, किसान, मजदूर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा गहन संवाद भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा उहाँहरुबीच कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिकाटिप्पणीका बारेमा पनि कुराकानी भएको थियो ।

यस्तै नेपाल र भारत दुवै मुलुकले लकडाउन गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : ३७ बजे

सामाजिक सञ्जालमा प्रचार भइरहेका औषधीहरूको बिक्री-वितरण रोक्न विभागको निर्देशन

काठमाडौं– चिकित्सकीय प्रमाण बिनै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा प्रचारित

मुख्यमन्त्री लामालाई बानियाँको सुझाव- हठ त्यागेर नैतिकताका आधारमा राजीनामा दिनूस्

हैटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वािचत नेता इन्द्रबहादुर

सिरियाका लागि विद्युत आपूर्ति बढाउन बतारद्वारा योजना विस्तार

एजेन्सी– कतारले टर्कीएमार्फत अजरबैजानी ग्यासको डेलिभरीको लागि भुक्तानी गरेर सिरियामा

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं–  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा

ओली र प्रचण्डको फोटो राख्दै बाबुरामको कटाक्ष- नेपालका कम्युनिष्टले इतिहासबाट न सिके, न भविष्यमा सिक्ने लक्षण देखिन्छ

काठमाडौं— नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री