स्पेनमा पनि कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, एकै दिन ९२३ जनाको मृत्यु « Khabarhub

स्पेनमा पनि कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, एकै दिन ९२३ जनाको मृत्यु


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय २३ जनाले ज्यान गुमाएका छन् भने ८ हजार १ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्लो तथ्यांकसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ८७ पुगेको छ ।

त्यस्तै एकै दिन ८ हजार १ सय ९५ जनामा संक्रमण देखिएसँगै स्पेनमा संक्रमितको संख्या १ लाख ४ हजार १ सय १८ पुगेको हो ।

संक्रमितमध्य २२ हजार ६ सय ४७ जना उपचारपछि निको भएका छन् । ५ हजार ८ सय ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७२ हजार ८४ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ९ लाख ३४ हजार ८ सय २५ पुगेको छ । एकै दिन ७६ हजार ४ सय ७० जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ७ सय १९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४१ हजार १ सय ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : ५८ बजे

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत