कोरोना संक्रमण : २४ घण्टामा ७६ हजार बढी संक्रमित ४ हजार ८८३ को मृत्यु « Khabarhub

कोरोना संक्रमण : २४ घण्टामा ७६ हजार बढी संक्रमित ४ हजार ८८३ को मृत्यु


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ ।

हिजो ७३ हजार ६ सय १७ जना नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै ४ हनार ५ सय ३५ जनाले ज्यान गुमाएका थिए ।

योसँगै कोरोना भाइरसको संक्रमण विश्वका २०३ देशका ९ लाख ३५ हजार १ सय ८९ नागरिकमा पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जनाले स्वास्थ्य उपचार गराई घर फर्केका छन् । अहिले ६ लाख ९४ हजार ८ जना विश्वका विभिन्न अस्पताल, आइशोलेसन, क्वारेन्टाइनमा उपचाररत छन् ।

जसमध्ये ३५ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर छ ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ । जहाँ २ लाख १५ हजार ३ जना संक्रमित हुँदा ५ हजार १ सय २ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै मृत्यु इटालीमा सबैभन्दा बढी छ । १ लाख १० हजार ५ सय ७४ जना संक्रमित हुँदा इटालीमा १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ४ हजार १ सय १८ संक्रमित हुँदा ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको नयाँ संक्रमण अहिले (बितेको २४ घण्टा) चीनमा देखिएको छैन ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ६ : ३७ बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा