‌बंगलादेशमा मेडिकल अध्ययन गर्ने विद्यार्थीले भने-नेपाल ल्याइयोस हामी कोरोनाविरुद्ध लड्छौं « Khabarhub

‌बंगलादेशमा मेडिकल अध्ययन गर्ने विद्यार्थीले भने-नेपाल ल्याइयोस हामी कोरोनाविरुद्ध लड्छौं


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीले आफूहरुलाई नेपाल फर्काउन माग गरेका छन् ।

बंगलादेशका विभिन्न शहरहरुमा एमबीबीएस पढिरहेका उनीहरुले कोरोना भाइरसको संकटको बेला आफूहरु नेपालको सेवा गर्न चाहेको भन्दै सरकारले स्वदेश फर्काउन पहल गर्नुपर्ने माग गरेका हुन् ।

नेप्लिज मेडिकल स्टुडेन्टस एसोसिएशन बंगलादेशका अध्यक्ष नविन यादवले आफूहरु क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका सरकारले तोकेका सबै मापदण्ड पूरा गर्न तयार रहेको भन्दै तुरुन्तै नेपाल फर्काउन सरकार समक्ष माग गरेका छन् ।

अध्यक्ष यादवका अनुसार बंगलादेशमा हाल झण्डै ७ सय नेपाली मेडिकलका विद्यार्थी छन् ।

यो बेलामा देश फर्केर सेवा गर्न आफूहरु उत्सुक रहेको पनि यादवको भनाइ छ । ‘हामीले चिकित्शा शिक्षा हाम्रो समाज र देशलाई सेवा गर्नका लागि पढिरहेका छौँ । कोरोना भाइरसको महामारीले देशलाई पिरोलिरहेको,’ उनले भने ‘ यो संकटको घडिमा हामी कोरोनाविरुद्धको युद्ध लड्न तयार छौँ । हामीलाई नेपाल फकाइयोस् ।’

प्रायजसो राष्ट्रले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइसकेको र फर्काउन लागेको बताउँदै सरकारको तयारी एवं व्यवथापन चित्त बुझ्दो नभएको उनीहरूले गुनासो गरेका छन्।

बंगलादेशमा अध्ययनरत विद्यार्थीले आफूहरुलाई असुरक्षित महसुस गरिरहेको बताएका छन् । उच्च जनघनत्व भएका कारण बंगलादेश कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको उनीहरुको भनाइ छ ।

‘नेपाल सरकारले पहिलो चरणको लकडाउन सकिएपछि उद्धार गर्छ कि भन्ने आशामा रहेका नेपाली विद्यार्थी सरकारले उद्धार नगर्ने घोषणा गरेपछि दुखि भएका छन्, यादवले भने ’बंगलादेशले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाएको छैन । त्यसले यहाँ रहेका नेपाली विद्यार्थी निकै चिन्तित छन् ।’ आफूहरु १२ दिनदेखि कलेजकै क्वारेन्टाइनमा बसेका उनले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : १२ बजे

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

काठमाडौं- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त 

सडक असहज : सेवाग्राहीलाई समस्या

मुस्ताङ– जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने

प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते

प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भोलि नेपालका लागि नियुक्त युरोपेली सङ्घ