सीमामा अलपत्र १० दिनकी सुत्केरीको उद्धार « Khabarhub

सीमामा अलपत्र १० दिनकी सुत्केरीको उद्धार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रूपन्देहीको सीमावर्ती बजार भारतको सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पहलमा उद्दार गरिएको छ।

दुवै देशमा लकडाउन भएपछि रुपन्देहीको मंगलापुरकी लक्ष्मी रियार भारतबाट स्वदेश फर्कने क्रममा सीमा नाकामा अलपत्र परेकी थिइन्।

भारतको दिल्लीस्थित गाजियावादमा सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि नेपाल–भारत सीमाको बेलहिया नाकामा अलपत्र परेकी थिइन्।

सीमामा अलपत्र परेपनि २ दिनसम्म स्थानीय प्रशासन र प्रदेश सरकारले चासो देखाएका थिएनन्।

सीमामा १० दिनकी सुत्केरी अलपत्र परेको थाहा पाएपछि तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बिहानैदेखि उद्दारको पहल गरेका थिए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तसँगको समन्वयमा सुत्केरी महिलाको उद्दार गरिएको नगरप्रमुख घिमिरेले बताए।

लकडाउनका बीच आफ्नो देश फर्किन आएका नेपालीसँगै आएकी लक्ष्मीलाई पनि सुरक्षाकर्मीले सीमा पार गरेर नेपाल आउन दिएका थिएनन्।

लक्ष्मी भारतको गाजियावादबाट पैदल र बस यात्रा गर्दै सुनौलीसम्म आइपुगेकी हुन्। उनी दुईदिन भारतीय बजार सुनौलीको सडक पेटीमै सुतेकी थिइन् ।

दुई र तीन वर्षे अरू दुई छोरीसहित श्रीमान् मनोजको पनि उद्दार भएको छ। तिलोत्तमा नगरपालिकाले लक्ष्मीको परिवारलाई उद्दार गरी एम्बुलेन्समा राखेर शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा ल्याएको छ।

उनको परिवारका पाँचैजनालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइने नगरप्रमुख घिमिरेले बताए। उनलाई छुट्टै कोठा र खानपिनको पनि व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : १६ बजे

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण

प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा

लन्डन- बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग