राष्ट्रपति भण्डारीद्वारा अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् ।

राष्ट्रपति भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई टेलिफोन गरेर त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो राखेकी हुन् ।

राष्ट्रपति भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीलाई सुरक्षित रुपमा बस्न समेत आग्रह गरेकी छन् ।

अस्ट्रेलियामा करिब ९० हजारको संख्यामा नेपाली मूलका बासिन्दा छन् । यस्तै, ५० हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेका बताइन्छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट अस्ट्रेलियामा ९ जना नेपाली संक्रमित छन् । जसमध्ये ४ जना निको भइसकेका बताइएको छ भने अन्य ५ जना पनि चिकित्सिकको निगरानीमा छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १२ : ०९ बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि