नेपाली कलाकारहरु किन तारिफ मात्र खोज्छन् ? « Khabarhub

नेपाली कलाकारहरु किन तारिफ मात्र खोज्छन् ?


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फिल्म राम्रा नबन्दा विदेशी फिल्म झनभन्दा झन हाबी भइरहेका छन् । केही समय हिन्दी फिल्मले पकड जमाएको नेपाली फिल्म बजारमा आजभोलि हलिउड पनि हाबी भएको छ ।

नेटफिल्मका सिरिज हेर्ने दर्शक ह्वात्तै बढेका छन् । नेपालमा भने दर्शकलाई नै नेपाली फिल्म सिफारिस गर्न हम्मे पर्ने गरी फिल्म निर्माण भइरहेका छन् ।

नेपाली फिल्ममेकरले राम्रा फिल्म नबनाएको भन्दै दर्शकले नै गाली गर्ने गरेका छन् । दर्शकले नै फिल्म इग्नोर गर्न थालेपछि फिल्म बनाउनु र नबनाउनुमा के फरक पर्ला र !

अझै पनि एक वर्गले ‘छक्का पञ्जा’ जस्ता फिल्महरु मन पराइरहेको छ । केही फिल्म हिट पनि भएका छन् । युवास्टार भनेर कहलिएका अनमोल केसी, प्रदीप खड्का लगायतका फिल्मले पनि हावा खाएका छन् ।

नेपाली फिल्ममेकरले अझै स्तरीय फिल्म बनाउनुपर्ने जोखिम छ तर मेकर भने राम्रा फिल्म बनाउनभन्दा पनि गाली गर्नेको मुख थुन्नतर्फ लाग्छन् ।

त्यसो त नेपालमा समीक्षा गरेकै भरमा पनि धम्की आउने गरेका उदाहरण छन् । कसैले फिल्म राम्रो भएन भन्यो भने शूटिङमा यति दुःख पाएको, यस्तो भएको भन्दै फिल्मको बचाउ गर्न निर्माता निर्देशक तर्सिन्छन् ।

केही समयअघि निकै नै अत्यासलाग्दो फिल्म निर्देशन गरेका मिलन चाम्सले यो फिल्मको विरोध गर्दा एक जनालाई हिरासतमा नै पुर्‍याएका थिए ।

फिल्ममेकर राम्रा फिल्म बनाउन पनि नखोज्ने र फिल्म नराम्रो भयो भन्दा पनि सहन नसक्ने प्रवृत्ति हाबी भएको छ ।

हालै हलमा रिलिज भएको फिल्म ‘अनुराग’ की नायिका एलिजा गौतमले एक पेजले फिल्मलाई गाली गरेको भन्दै सामाजिक सञ्जालमा लामो टिप्पणी दिएकी छिन् ।

उनले स्टाटसमा सानो बच्चा हुँदाहुँदै फिल्म खेलेको, मेहनत गरेको तर पहिलो फिल्ममा नै गाली गरेको भन्दै गुनासो गरेकी छिन् ।

कलाकारले सामान्य गालीलाई नै पचाउन सक्दैनन् भने भोलि अहिले बन्दै आइरहेका भन्दा राम्रा फिल्म कसरी बनाउँछन् ? ‘कसैले फिल्म राम्रो छैन भनिदियो भने ‘एक्सन’ लिने कि त्यसलाई फिल्म मेकिङ सुधार्ने हो?,’ दर्शकले प्रश्न गर्न थालेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ५ : २३ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग