नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिए | Khabarhub Khabarhub

नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिए


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको छैटौं केस फेला परेको छ ।

यसअघि दोस्रो र पाँचौं केसका रुपमा कोरोना संक्रमण पुष्टि भएका २ युवतीसँगै एउटै जहाजमा स्वदेश आएका अर्का व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा छैटौं केसको रुपमा देखिएका कोरोना संक्रमित पनि गत चैत ४ गते कतारको दोहाबाट नेपाल आएका थिए ।

उनी कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट नेपाल आएका थिए । यसअघि सोही फ्लाइटमा नेपाल आएका २ जना युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

फ्रान्सबाट कतार आएकी १९ वर्षीया युवतीमा नेपालमा दोस्रो केसका रुपमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो । जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा ५ औं केसका रुपमा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा कोरोना संक्रमण देखिनेको संख्या अहिलेसम्म ६ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् । २ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

छैटौं केसको रुपमा कोरोना संक्रमण देखिएका व्यक्ति पनि बाग्लुङ नै घर भएकी महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । अहिले उनको अवस्थाबारे भने थप जानकारी लिने प्रयास भइरहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ४ : २९ बजे

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा