कोरोना संक्रमित छैटौं महिला जसलाई कतार ट्रान्जिट भयो अभिशाप | Khabarhub Khabarhub

कोरोना संक्रमित छैटौं महिला जसलाई कतार ट्रान्जिट भयो अभिशाप


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालमा कोरोना भाइरस संक्रमित छैटौं व्यक्ति पनि बागलुङकै भएको खुलेको छ ।

यसअघि पाचौं संक्रमित युवती पनि बागलुङकै थिइन् । छैठौँ संक्रमित ६५ वर्षीया महिला बागलुङ नगरपालिका–३ बागलुङकी रहेकी छन् ।

उनी पनि काठमाडौं र बागलुङकै दुई युवतीसँगै चैत्र ४ गते नै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आएकी थिइन् ।

कान्छा छोरालाई भेट्न बेल्जियम गएकी उनी बेल्जियमबाट नेपाल फर्कने क्रममा बागलुङकै संक्रमित युवतीसँग कतार आएपछि ट्रान्जिटका बेला  दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवतीसँग भेटघाट भएको खुलेको छ ।

स्वास्थ्य अधिकारीहरुले दोस्रो संक्रमित, पाँचौँ संक्रमित र छैठौँ संक्रमितबीच कतारको ट्रान्जिटमा भएको भेटवार्ता नै कोरोना संक्रमण भएको हुनसक्ने आकलन गरिरहेका छन् ।

६५ वर्षीया संक्रमित महिलाले आफूलाई काठमाडौं र बागलुङकै युवतीले नेपाल आउनलाई सहयोग गरेको बताएकी आफन्तले बताउन थालेका छन् ।

बानपा–३ की यी महिलामा कुनै पनि प्रकारको लक्षण देखिएको छैन । उनलाई बागलुङ अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

सरकारी अधिकारीहरुले अहिलेसम्म संक्रमण देखिएका नेपालीहरु कतार र यूएईबाट आएका भएकाले उनीहरुसँगै जहाजमा आएका सबैलाई जसरी भए पनि सम्पर्कमा ल्याउने तयारी थालेका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ३३ बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि