कोरोना संक्रमित छैटौं महिला जसलाई कतार ट्रान्जिट भयो अभिशाप « Khabarhub

कोरोना संक्रमित छैटौं महिला जसलाई कतार ट्रान्जिट भयो अभिशाप


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालमा कोरोना भाइरस संक्रमित छैटौं व्यक्ति पनि बागलुङकै भएको खुलेको छ ।

यसअघि पाचौं संक्रमित युवती पनि बागलुङकै थिइन् । छैठौँ संक्रमित ६५ वर्षीया महिला बागलुङ नगरपालिका–३ बागलुङकी रहेकी छन् ।

उनी पनि काठमाडौं र बागलुङकै दुई युवतीसँगै चैत्र ४ गते नै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आएकी थिइन् ।

कान्छा छोरालाई भेट्न बेल्जियम गएकी उनी बेल्जियमबाट नेपाल फर्कने क्रममा बागलुङकै संक्रमित युवतीसँग कतार आएपछि ट्रान्जिटका बेला  दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवतीसँग भेटघाट भएको खुलेको छ ।

स्वास्थ्य अधिकारीहरुले दोस्रो संक्रमित, पाँचौँ संक्रमित र छैठौँ संक्रमितबीच कतारको ट्रान्जिटमा भएको भेटवार्ता नै कोरोना संक्रमण भएको हुनसक्ने आकलन गरिरहेका छन् ।

६५ वर्षीया संक्रमित महिलाले आफूलाई काठमाडौं र बागलुङकै युवतीले नेपाल आउनलाई सहयोग गरेको बताएकी आफन्तले बताउन थालेका छन् ।

बानपा–३ की यी महिलामा कुनै पनि प्रकारको लक्षण देखिएको छैन । उनलाई बागलुङ अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

सरकारी अधिकारीहरुले अहिलेसम्म संक्रमण देखिएका नेपालीहरु कतार र यूएईबाट आएका भएकाले उनीहरुसँगै जहाजमा आएका सबैलाई जसरी भए पनि सम्पर्कमा ल्याउने तयारी थालेका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ३३ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ