पोखरामा नयाँ संक्रमित छैनन्ः स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

पोखरामा नयाँ संक्रमित छैनन्ः स्वास्थ्य मन्त्रालय


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ कोरोना संक्रमित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पोखरामा आज कुनै नयाँ संक्रमित नभेटिएको बताएका हुन् ।

‘पोखरामा कुनै पनि पोजेटिभ देखिएको छैन । परीक्षणलाई हामीले प्रदेशमा विस्तार गरेका छौं । मेसिनहरु गएका छन् । त्यहाँ केही कुरा प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ । अन्त पनि भेरिफाइ भएपछि यो सिस्टमले राम्रो काम गरेको छ कि छैन हेर्न जरुरी छ’ उनले भने,’केही नमूना रि गर्नुपर्ने हुन्छ । कुनै केश संकास्पद भयो भने पुन परीक्षण हुन्छ । दोहोरो भयो भन्ने कुरा आइरहेको छ तर भेरिफाइ गर्नका लागि केहीको पुन परीक्षण गर्ने काम भएको हो ।’

यसअघि शुक्रवार दिउँसो गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाएको थियो । तर, पछि उक्त संख्या सच्याएर ६ राखिएको छ ।

गण्डकी प्रदेश सरकार मातहतको स्वास्थ्य सेवा निर्देशनालयको आधिकारिक वेबसाइटमा कोरोना संक्रमित अपडेट । जसमा नेपालमा कोरोना संक्रमितको संख्या ७ लेखिएको छ

१ सय २० जना आइसोलेसनमा

डा देवकोटाले कोरोनाको आशंकामा देशभरका विभिन्न अस्पतालमा १ सय २० जना आइसोलेसनमा जानकारी दिए ।

डा देवकोटाका अनुसार कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १५ । प्रदेशहरुमा १ सय ५ जना गरी एक सय २० जना व्यक्ति आइसोलेसनमा रहेका छन् ।

यस्तै कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालम्म १२ सय ७७ जनाको कोरोना परीक्षण भएको प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै धरानमा ४९, पोखरामा १९, हेटौंडामा ५, जनकपुरमा ५ सुर्खेतमा ७ र धनगढीमा ४ जनाको कोरोना परीक्षण गरीएको प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै झक्तपुरमा रहेका ९६जनाको पनी कोरोना परीक्षणका लागि नमूना संकलन भएको प्रवक्ता डा देवकोटाले बताए । यस्तै कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको पनि कोरोना परीक्षणका लागि नमूना संकलन गरीएको प्रवक्ता डा देवकोटाले बताए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ४ : ४३ बजे

मुस्ताङमा पुँजीगत खर्च निराशाजनक

मुस्ताङ– यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम छ

बेलायती प्रधानमन्त्रीसँगको भेटमा ट्रम्पले जेलेन्स्कीलाई दिए बहादुरको संज्ञा

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री

पर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्‍याउँछ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता,

प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका

उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै

भद्रपुर – दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर