पोखरामा नयाँ संक्रमित छैनन्ः स्वास्थ्य मन्त्रालय « Khabarhub

पोखरामा नयाँ संक्रमित छैनन्ः स्वास्थ्य मन्त्रालय


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ कोरोना संक्रमित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पोखरामा आज कुनै नयाँ संक्रमित नभेटिएको बताएका हुन् ।

‘पोखरामा कुनै पनि पोजेटिभ देखिएको छैन । परीक्षणलाई हामीले प्रदेशमा विस्तार गरेका छौं । मेसिनहरु गएका छन् । त्यहाँ केही कुरा प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ । अन्त पनि भेरिफाइ भएपछि यो सिस्टमले राम्रो काम गरेको छ कि छैन हेर्न जरुरी छ’ उनले भने,’केही नमूना रि गर्नुपर्ने हुन्छ । कुनै केश संकास्पद भयो भने पुन परीक्षण हुन्छ । दोहोरो भयो भन्ने कुरा आइरहेको छ तर भेरिफाइ गर्नका लागि केहीको पुन परीक्षण गर्ने काम भएको हो ।’

यसअघि शुक्रवार दिउँसो गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाएको थियो । तर, पछि उक्त संख्या सच्याएर ६ राखिएको छ ।

गण्डकी प्रदेश सरकार मातहतको स्वास्थ्य सेवा निर्देशनालयको आधिकारिक वेबसाइटमा कोरोना संक्रमित अपडेट । जसमा नेपालमा कोरोना संक्रमितको संख्या ७ लेखिएको छ

१ सय २० जना आइसोलेसनमा

डा देवकोटाले कोरोनाको आशंकामा देशभरका विभिन्न अस्पतालमा १ सय २० जना आइसोलेसनमा जानकारी दिए ।

डा देवकोटाका अनुसार कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १५ । प्रदेशहरुमा १ सय ५ जना गरी एक सय २० जना व्यक्ति आइसोलेसनमा रहेका छन् ।

यस्तै कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालम्म १२ सय ७७ जनाको कोरोना परीक्षण भएको प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै धरानमा ४९, पोखरामा १९, हेटौंडामा ५, जनकपुरमा ५ सुर्खेतमा ७ र धनगढीमा ४ जनाको कोरोना परीक्षण गरीएको प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै झक्तपुरमा रहेका ९६जनाको पनी कोरोना परीक्षणका लागि नमूना संकलन भएको प्रवक्ता डा देवकोटाले बताए । यस्तै कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको पनि कोरोना परीक्षणका लागि नमूना संकलन गरीएको प्रवक्ता डा देवकोटाले बताए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ४ : ४३ बजे

किसानका समस्या समाधान गर्नुपर्छ : संयोजक प्रचण्ड

ललितपुर- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ। बैठकमा

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र