प्रादेशिक अस्पताल जनकपुरमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’ « Khabarhub

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले सबै जनाको करोना भाइरसको परीक्षण नेगेटिभ आएको जानकारी  दिए ।

प्रदेश नं–२ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४१ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

प्रदेश २ का आठवटै जिल्ला गरी १३६ वटा क्वारेन्टाइनमा दुई हजार ७३५ वटा श्यया रहेको छ । सोमध्ये ९६८ जना क्वारेन्टाइनमा, ८७ वटा आइसोलेसन शय्यामा २२ जना रहेको छ भने एक हजार छ जना होम क्वारेन्टाइनमा बसेको सचिव घिमिरेले जानकारी गराए ।

उनका अनुसार सप्तरीको ३० वटा क्वारेन्टाइनमा २९९ जना, होम क्वारेन्टाइनमा ४८ जना र एक जना आइसोलेसनमा छन् भने सिरहाको १९ वटा क्वारेन्टाइनमा १२७ जना र ७७ जना होम क्वारेन्टाइनमा छन् । धनुषाको १६ वटा क्वारेन्टाइनमा ८२ जना, होम क्वारेन्टाइनमा ४० जना र सात जना आइसोलेसनमा रहेको छ भने महोत्तरीको १६ वटा क्वारेन्टाइनमा ४४ जना र ७७५ जना होम क्वारेन्टाइन छन् भने सर्लाहीको १६ वटा क्वारेन्टाइनमा ५३ जना, ३२ जना होम क्वारेन्टाइनमा छन् र रौतहटको १६ वटा क्वारेन्टाइनमा २१५ जना र चार जना होम क्वारेन्टाइनमा बसेका छन् ।

पर्साको नौ वटा क्वारेन्टाइनमा ९८ जना क्वारेन्टाइनमा, पाँच जना होम क्वारेन्टाइनमा र पाँच जना आइसोलेशनमा छन भने बाराको १४ वटा क्वारेन्टाइनमा ५० जना, २५ जना होम क्वारेन्टाइनमा र नौ जना आइसोलेसनमा छन् । उनीहरु नौ जना भारतमा सम्पन्न धार्मिक कार्यक्रमबाट फर्केका व्यक्ति रहनुभएको सचिव घिमिरेले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : २४ बजे

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ। बैठकमा

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

पाटन– ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस