सप्तरीबाट काठमाडौं आएका इन्डोनेशियाली नागरिकलाई सुरक्षा दिन ‘गोप्य’ ठाउँ सारियो « Khabarhub

सप्तरीबाट काठमाडौं आएका इन्डोनेशियाली नागरिकलाई सुरक्षा दिन ‘गोप्य’ ठाउँ सारियो


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस सङ्क्रमण फैलिने त्रासका बीच १३ जना इन्डोनेशियाली नागरिकलाई गोप्य ठाउँमा राख्न नेपाल सरकार बाध्य भएको छ।

यसअघि ती मुस्लिम धर्मावलम्बीहरू राखिएका तीन ठाउँमा स्थानीय नागरिक र जनप्रतिनिधिबाट विरोध भएपछि त्यसो गर्न बाध्य भएको गृह मन्त्रालयको भनाइ छ।

सप्तरीको धार्मिक कार्यक्रममा सहभागी भएर उनीहरू चैत १९ गते काठमाण्डू आइपुगेका थिए।

सुरुमा काठमाण्डूको माछापोखरीस्थित एउटा मस्जिदमा उनीहरूलाई राखियो। त्यहाँ विरोध भएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित मस्जिदमा सारियो।

पछि गोदाबरीको रिसोर्टमा सार्दा पनि विरोध हुन नछोडेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट अन्यत्र सारेको हो।

अहिले कहाँ राखिएको छ?

सम्भवत: स्थान खुलाउँदा फेरि पुरानै अवस्था दोहोरिने आशङ्काले कुनै पनि अधिकारी अहिले उनीहरूलाई कहाँ राखिएको छ भन्न सक्ने अवस्थामा छैनन्।

ललितपुर प्रहरीका प्रमुख वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले भने, “प्रहरीले उहाँहरूलाई राम्रो प्रबन्धका साथ राखेको छ।”

गृह मन्त्रालयका एक अधिकारीका अनुसार उनीहरू भारतको कार्यक्रममा सहभागी भएर फर्किएको र कोरोनाभाइरसबाट सङ्क्रमित भएको प्रचारले स्थानीय बसिन्दा र जनप्रतिनिधिको साथ नपाइएको ठानेका छन्।

ती अधिकारीका अनुसार उनीहरूमा ३६ देखि ६९ वर्षका पुरुष छन्।

सप्तरीको कार्यक्रमबाट फर्किएका उनीहरूमा भाइरस सङ्क्रमणको कुनै सङ्केत छैन। प्रहरीले स्वास्थ्य परीक्षण गरेर नै उनीहरूलाई आफ्नै गाडीमा ठाउँठाउँमा लगेको हो। बीबीसीबाट

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ०८ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र