सप्तरीबाट काठमाडौं आएका इन्डोनेशियाली नागरिकलाई सुरक्षा दिन 'गोप्य' ठाउँ सारियो | Khabarhub Khabarhub

सप्तरीबाट काठमाडौं आएका इन्डोनेशियाली नागरिकलाई सुरक्षा दिन ‘गोप्य’ ठाउँ सारियो


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस सङ्क्रमण फैलिने त्रासका बीच १३ जना इन्डोनेशियाली नागरिकलाई गोप्य ठाउँमा राख्न नेपाल सरकार बाध्य भएको छ।

यसअघि ती मुस्लिम धर्मावलम्बीहरू राखिएका तीन ठाउँमा स्थानीय नागरिक र जनप्रतिनिधिबाट विरोध भएपछि त्यसो गर्न बाध्य भएको गृह मन्त्रालयको भनाइ छ।

सप्तरीको धार्मिक कार्यक्रममा सहभागी भएर उनीहरू चैत १९ गते काठमाण्डू आइपुगेका थिए।

सुरुमा काठमाण्डूको माछापोखरीस्थित एउटा मस्जिदमा उनीहरूलाई राखियो। त्यहाँ विरोध भएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित मस्जिदमा सारियो।

पछि गोदाबरीको रिसोर्टमा सार्दा पनि विरोध हुन नछोडेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट अन्यत्र सारेको हो।

अहिले कहाँ राखिएको छ?

सम्भवत: स्थान खुलाउँदा फेरि पुरानै अवस्था दोहोरिने आशङ्काले कुनै पनि अधिकारी अहिले उनीहरूलाई कहाँ राखिएको छ भन्न सक्ने अवस्थामा छैनन्।

ललितपुर प्रहरीका प्रमुख वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले भने, “प्रहरीले उहाँहरूलाई राम्रो प्रबन्धका साथ राखेको छ।”

गृह मन्त्रालयका एक अधिकारीका अनुसार उनीहरू भारतको कार्यक्रममा सहभागी भएर फर्किएको र कोरोनाभाइरसबाट सङ्क्रमित भएको प्रचारले स्थानीय बसिन्दा र जनप्रतिनिधिको साथ नपाइएको ठानेका छन्।

ती अधिकारीका अनुसार उनीहरूमा ३६ देखि ६९ वर्षका पुरुष छन्।

सप्तरीको कार्यक्रमबाट फर्किएका उनीहरूमा भाइरस सङ्क्रमणको कुनै सङ्केत छैन। प्रहरीले स्वास्थ्य परीक्षण गरेर नै उनीहरूलाई आफ्नै गाडीमा ठाउँठाउँमा लगेको हो। बीबीसीबाट

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ०८ बजे

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा