इटालीमा कोरोना भाइरसका कारण एकै दिन ६८१ को मृत्यु « Khabarhub

इटालीमा कोरोना भाइरसका कारण एकै दिन ६८१ को मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ३६२ पुगेको छ ।

इटालीमा एकैदिन ४ हजार ८०५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २४ हजार ६३२ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक इटालीमा तीव्र देखिएको छ ।

इटालीमा संक्रमितमध्ये २० हजार ९९६ जना उपचारपछि निको भएका छन् । ३ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८८ हजार २७४ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ४ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ६७ पुगेको छ ।

एकै दिन ८३ हजार ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा ११ लाख ९९ हजार ७ सय ११ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ०२ बजे

राष्ट्रियसभा : सुकुम्वासीको उचित प्रबन्ध गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनमा एक उपसभापति, एक महिला उपसभापति,

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि

फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएकी रन्जु

जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन

जुम्ला– जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको