इटालीमा कोरोना भाइरसका कारण एकै दिन ६८१ को मृत्यु | Khabarhub Khabarhub

इटालीमा कोरोना भाइरसका कारण एकै दिन ६८१ को मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ३६२ पुगेको छ ।

इटालीमा एकैदिन ४ हजार ८०५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २४ हजार ६३२ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक इटालीमा तीव्र देखिएको छ ।

इटालीमा संक्रमितमध्ये २० हजार ९९६ जना उपचारपछि निको भएका छन् । ३ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८८ हजार २७४ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ४ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ६७ पुगेको छ ।

एकै दिन ८३ हजार ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा ११ लाख ९९ हजार ७ सय ११ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ०२ बजे

११ महिनामा १९ अर्बको चामल र २० अर्बको धान आयात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा झण्डै १९ अर्ब

इजरायलीहरूलाई युद्ध लम्बिने चिन्ता, ट्रम्पलाई गुहार्दै भने- इरानको ‘काम समाप्त गरिदिनुस्’

तेलअभिभ- इरानमाथिको आक्रमणले साता नाघ्दै गर्दा इजरायलललाई यो तनाव लम्बिँदै

माओवादीको आक्रोश- सरकारले सदनलाई हेप्यो, समयमै उपस्थित नहुँदा कार्यसूची प्रभावित

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारका कारण सदनको कामकारबाही प्रभावित भएको

रणनीतिक हारमा बदलिन सक्छ इरानविरुद्ध अमेरिकी आक्रमण !

काठमाडौँ – अन्ततः इरान र इजरायलबीच जारी युद्धमा विश्व महाशक्ति

११ महिनामा ३२ अर्ब बढीको मोबाइल आयात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ३२ अर्ब बढीको