जर्मनीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४४४ पुग्यो « Khabarhub

जर्मनीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४४४ पुग्यो


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ४४४ पुगेको छ ।

जर्मनीमा एकैदिन ४ हजार ९३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९६ हजार ९२ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक जर्मनीमा पनि तीव्र देखिएको छ ।

जर्मनीमा संक्रमितमध्ये २६ हजार ४०० जना उपचारपछि निको भएका छन् । ३ हजार ९३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ६८ हजार २४८ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ७५ पुगेको छ ।

एकै दिन ८३ हजार ७१० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ३७२ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : १० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु