लकडाउनले वाग्मती सफाइ महाअभियान प्रभावित « Khabarhub

लकडाउनले वाग्मती सफाइ महाअभियान प्रभावित


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण वाग्मती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको थियो । चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी जेसुकै परे पनि निरन्तर सञ्चालन हुँदै आएको सफाइ महाअभियान लकडाउन भएपछि चैत १५ गते शनिबार नदीमा कोही निस्कन नसक्ने अवस्था बन्यो ।

चैत १५ गते पहिलोपटक प्रभावित बनेको महाअभियान दोस्रोपटक चैत २२ गते शनिबार पनि अभियानकर्मी नदीमै निस्किएर सफाइ गर्न सकेनन् । सरकारले लगाएको बन्दाबन्दीका कारण केही अभियानकर्मीले भने आ–आफ्नो घर वरपर सफाइ गरेरै अभियानलाई निरन्तरता दिए । विश्वमै लामो समय सञ्चालन भएको अभियानका नाममा यसले अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर उपत्यकामा यसका सहायक नदी, केही टोल र चक्रपथ सफाइ अभियानसमेत शुरु भइसकेको छ । उपत्यकाका नदी, टोल र चक्रपथबाट प्रभावित भई देशका प्रमुख शहर, मुख्य नदी एवं ताल, तलाउ र पोखरीमा पनि सफाइ अभियान शुरु भएको छ । बन्दाबन्दी शुरु हुनुअघिको शनिबारसम्म देशभरका १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको महाअभियानले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : १० बजे

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)