एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार २८८ जना पक्राउ | Khabarhub Khabarhub

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार २८८ जना पक्राउ


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १३ ‍औं दिन ।

काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य शहर सुनसान छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले थप कडाई गरेको छ ।

आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार २८८  जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा १ हजार ४० जना पुरुष र २ सय ४८ जना महिला रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी लकडाउनको उल्लंघन गर्ने ६२ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : २८ बजे

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश

आजपाको जिकिर : भ्रष्टाचार र ठगी गर्दै हिँडेपछि निकालिएकाहरूलाई ओलीले टीको लगाएर एमालेमा भित्र्याए

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टीले विगतमा कारवाही गरी

नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

चितवन- यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ