कोरोना संक्रमितलाई पक्राउ गर्ने १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने « Khabarhub

कोरोना संक्रमितलाई पक्राउ गर्ने १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाल–भारत नाकाबाट लुकिछिपी स्वदेश प्रवेश गरेका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरमा १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने नभएको छ ।

भारतबाट उत्तराखण्डबाट लुकिछिपी नेपाल प्रवेश गरेका कञ्चनपुरको बदेकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसहित ११ जना अवैध बाटो प्रयोग गर्दै सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।

पछि सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी पु¥याएको थियो । सशस्त्र प्रहरीको ५ जनाको टोलीले उनीहरुलाई गड्डा चौकी पु¥याएको थियो । त्यस क्रममा अन्य ९ जना सशस्त्र प्रहरी पनि संलग्न हुन पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित १४ जना सुरक्षाकर्मीको नमूना संकलन गरिने जानकारी दिए ।

हाल उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । उनीको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइने उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : ०१ बजे

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी