हुम्लामा १४१ शय्याको क्वारेनटाइन, बाहिरबाट आएका ८६१ गाउँ डुल्दै « Khabarhub

हुम्लामा १४१ शय्याको क्वारेनटाइन, बाहिरबाट आएका ८६१ गाउँ डुल्दै


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन ती गाउँपालिकाका ४४ वडामा १४१ शय्याको क्वारेन्टाइनस्थल तयार गरिएको हो । तर, क्वारेन्टाइनमा आधारभूत सुविधासमेत नभएपछि यहाँका स्थानीयले बस्न नमानेको बताइएको छ ।

सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले केही दिन अगाडिदेखि महिनाको ३० हजार तिर्ने गरी घर भाडामा लिएर १६ बेडको क्वारेनटाइन बनाएको पालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिए ।

वडा नं. १ जैर पाँच शय्याको, वडा नं ५ गोठीमा ५ शय्याका र गाउँपालिका केन्द्रमा १६ शय्याको गरेर ३१ शय्याको क्वारेनटाइन तयारी अवस्थामा रहेको भएपनि भारतबाट मजदुरी गरेर फिर्ता भएका कोही पनि बस्न नमानेको अधिकृत शाहीले बताए ।

ताजाँकोट गाउँपालिकाले वडा नं. ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नं.३ को नाउँलीमा क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष बाग्दल मल्लले बताए ।

जिल्लामा १४१ क्वारेन्टाइनमध्ये ५० वटा क्वारेन्टाइन सिमकोट गाउँपालिकामा छन् । नाम्खामा ३१, अदानचुलीमा २५, चङ्खेलीमा दुई, खार्पुनाथमा तीन, ताजाँकोट चार र सर्केगाडमा २६ वटा क्वारेन्टाइन तयार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका रामप्रसाद घर्तीमगरले बताए ।

जिल्ला बाहिरबाट आएका र विदेशबाट आएका आ–आफ्नै घरमा बस्दै आएका कारण सातवटै गाउँपालिकामा तयार गरिएका क्वारेनटाइन खालि भएको छन् । जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहर र मजदुरीका लागि भारतबाट हुम्ला फर्किएका ८६१ जना हुम्ला प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन गाउँपालिकाका क्वारेनटाइन मात्रै प्रयोगमा

सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा तयार भएका क्वारेनटाइन प्रयोगमा आएका छन् भने अन्य पालिकामा रहेका क्वारेनटाइन खाली छ । जिल्ला बाहिरबाट आएका गाउँमा तयार पारिएको क्वारेन्टाइनमा बस्न नमान्दा अधिकांश क्वारेन्टाइनस्थल भने रित्तै छन् ।

सिमकोट गाउँपालिकमा निर्माण गरिएका ५० शय्याको क्वारेन्टाइनमा हालसम्म ३० जना बसेका छन् भने तल्लो बजारमा रहेको जिल्ला अस्पताल नजिक चर्चमा नौ जना बसेका छन् ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ्गमा एक जना, हेप्कामा पाँच जना, धिगा छ जना, केर्मीमा दुई जना गरेर १४ जना मात्रै क्वारेनटाइनमा बसेको सोही पालिका स्वास्थ्य शाखा संयोजक नर भण्डारीले बताए ।

तीन गाउँपालिकामा अहिलेसम्म ७२ जनालाई क्वारेनटइनमा राखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : १४ बजे

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका

सुकी जीवित भएको प्रमाण माग

एजेन्सी– म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा