लकडाउनमा घरको झ्यालमुनि बसेर हल्ला गरेको भन्दै गोली प्रहार, पाँच जनाको मृत्यु « Khabarhub

लकडाउनमा घरको झ्यालमुनि बसेर हल्ला गरेको भन्दै गोली प्रहार, पाँच जनाको मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए ।

मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार राति १० बजे भएको थियो ।

राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २०० किलोमिटर टाढाको र्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको अधिकारीहरुले बताएका छन् ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार