पहिलो सन्तान जन्मिएको केही घन्टामै कोरोना भाइरसले आमाको मृत्यु « Khabarhub

पहिलो सन्तान जन्मिएको केही घन्टामै कोरोना भाइरसले आमाको मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युक्रेन- कोरोना भाइरसका कारण युक्रेनमा पहिलो सन्तानलाई जन्म दिनेबित्तिकै आमाको मृत्यु भएको छ ।

गलिना नाम गरेकी ती ३६ वर्षे आमाले मातृत्व अनुभव गर्न नपाई कोरोना भाइरसका कारण मृत्युवरण गरेकी हुन् ।

बच्चालाई जन्म दिएको केही घण्टाभित्रै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिमी युक्रेनको इनाभो–फ्रान्किभ्स्क शहरमा उनको मृत्यु भएको जनाइएको छ ।

मार्च १० का दिन कुनै लक्षण नदेखिएपनि ती गर्भवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुष्टि भएको १९ दिनपछि उनीमा कोरोना भाइरसको गम्भीर लक्षण देखिएको थियो ।

उनले मार्च २९ मा २.५ किलोग्रामकी छोरीलाई जन्म दिएकी थिइन् ।

सुत्केरी भएलगत्तै उनीको अवस्था झन् खराब भएको र पछि निमोनियाबाट ग्रस्त भएपछि उनको मृत्यु भएको थियो ।

यद्यपि उनले जन्म दिएकी नवजातमा कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ आएको र उनलाई उच्च सतर्कतासाथ निगरानीमा राखिएको युक्रेनी अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : २१ बजे

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा