कोरोना संक्रमितका छिमेकी र विदेशबाट आएका सबै व्यक्तिको कोरोना भाइरस परीक्षण गरिने « Khabarhub

कोरोना संक्रमितका छिमेकी र विदेशबाट आएका सबै व्यक्तिको कोरोना भाइरस परीक्षण गरिने


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चैत महिनामा विदेशबाट नेपाल प्रवेस गरेका र कोरोना संक्रमण देखिएका व्यक्तिको समूदायमा रहेका सबैको कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चैत महिनामा विदेबाट आएको व्यक्ति र कोरोना संक्रमण देखिएका व्यक्तिहरुको समूदायमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्ने बताए ।

प्रवक्ता देवकोटाले उनीहरुको कोरोना परीक्षण र्‍यापिट टेष्ट किटमार्फत कोरोना परीक्षण गरिने बताए ।

‘कैलाली र कञ्चनपुर जिल्लाको क्वारेन्टाइमा रहेका विदेशबाट आएका दुुई व्यक्तिहरुमा कोभिड १९ को संक्रमण देखिएको र विदेशबाट आएकाका एक संक्रमित व्यक्तिबाट निजको परिवारको एक सदस्यमा यो संक्रमण देखिएकोले यी दुुई जिल्लाहरुको सबै क्वारेन्टाइमा रहेका व्यक्तिहरु, त्यसैगरी बाग्लुङ जिल्लामा कोभिडको उपचारको क्रममा रहेका दुुई संक्रमितको बासस्थनाको वरपर र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु त्यसैगरी चैत महिनामा प्रवेस गरेका व्यक्तिहरु र सम्पर्कमा रहेका व्यक्तिहरुको आरडिटि )र्या‍पिट डाइनोस्टिक टेष्टको विधिबाट कोरोनाको परीक्षण गर्ने,’ प्रवक्ता डा देवकोटाले भने, ‘उक्त प्रविधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर प्रविधिबाट परीक्षण गर्ने ।’

उनीहरुको कोरोना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसिसकेको पनि बताए ।

कोरोना संक्रमित व्यक्तिको समूूदायमा रहेका व्यक्तिको कोरोना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले प्राविधिकको टोली समेत आजै सम्बन्धित क्षेत्रमा पठाउन लागेको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ३४ बजे

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी