चलचित्र प्राविधिकलाई पूजा शर्माले २ लाखको खाद्यान्न सहयोग गर्ने « Khabarhub

चलचित्र प्राविधिकलाई पूजा शर्माले २ लाखको खाद्यान्न सहयोग गर्ने


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका पूजा शर्माले चलचित्र प्राविधिकहरुलाई सहयोग गर्न भन्दै २ लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो तर्फबाट २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी हुन् ।

कोरोना भाइरस संक्रमण फैलिने भन्दै सरकारले गरेको लकडाउनका कारण चलचित्र प्राविधिकहरुले काम पाएका छैनन् । काम नपाउँदा प्राविधिक तथा स्पटब्यायहरु समस्यामा परेका छन् । उनीहरूको सहयोग गर्न भन्दै नेपाल चलचित्र प्राविधिक संघले सहयोगको अपिल समेत गरेको थियो ।

‘कोरोना संक्रमणका कारण नेपाली चलचित्रका केही प्राविधिकहरु समस्यामा हुनुहुन्छ,’ पूजाले लेखेकी छिन्, ‘संकटको यो घडीमा मैले आफ्नो तर्फबाट नगद २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने जानकारी गराउँछु ।’

साथै पूजाले सबैलाई सचेत रहन र घरमै रहन पनि अनुरोध गरेकी छिन् । पूजाको अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुन ३० मा रिलिज हुने भनिएको थियो । कोरोना प्रभावका कारण फिल्मको रिलिज मिति स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : २२ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको