कैलालीसँग सीमा जोडिएका झोलुङ्गे पुल बन्द « Khabarhub

कैलालीसँग सीमा जोडिएका झोलुङ्गे पुल बन्द


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुदूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ ।

कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सो गाउँपालिकाले आजदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो ।

सो गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जामु कुइनेसहित १० नाकाका झोलुङ्गे पुल, भेरी पुल र कर्णाली नदीमा डुङ्गा सञ्चालनमा रोक लगाएको जानकारी दिए ।

उनका अनुसार कैलाली जोड्ने कर्णाली नदीका कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोलापाखा झोलुङ्गे पुल सञ्चालनमा समेत रोक लगाइएको छ ।

जामु कुइने कैलाली जोड्ने यहाँको मुख्य नाका हो । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी र कैलाली जिल्लासँग सीमा जोडिएको यस गाउँपालिकाले कैलालीमा सङ्क्रमण भेटिएपछि उच्च सतर्कता अपनाएको हो । गाउँपालिकाले पुलका साथै फेरी, डुङ्गा सञ्चालनमा पूर्णरुपमा रोक लगाएको छ ।

त्यस्तै, अछाम जोड्ने कोलीभरा, मालुमेला, टटाली र डोटी जोड्ने पुक्रे बलाता, तालागाउँ काटई झोलुङ्गे पुल पनि पूर्णरुपमा बन्द गरिएका छन् ।

“फेरी, डुङ्गा बन्द गराउने, नदीमा पौडी खेली वा अन्य तरिकाबाट गाउँपालिका प्रवेश गर्न नदिने, वडास्तरमा पुल बन्द गराउने, आवतजावत निषेध गराउने कार्यमा सहयोग गर्न सम्बन्धित वडाध्यक्षले स्वयंसेवक टोली परिचालन गर्नेछन्”, अध्यक्ष शाहीले भभे, “यसका लागि प्रतिवडा कम्तीमा १० जनाको स्वयंसेवक टोली खटाउन आवश्यक निर्देशन दिएका छौंँ ।”

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : १६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु