परपुरुषसँग सम्बन्ध राखेको भन्दै बुहारीको हत्या गर्ने सासु–ससुरा पक्राउ « Khabarhub

परपुरुषसँग सम्बन्ध राखेको भन्दै बुहारीको हत्या गर्ने सासु–ससुरा पक्राउ


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परपुरुषसँग सल्किएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले सासु–ससुरासहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

पर्साको बहादुरमाई नगरपालिका–८ घर भएकी २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा उनका ५१ वर्षीय ससुरा सुरेश पण्डित, सासु ५१ वर्षर्क फूलकुमारी देवी र उनकी देउरानी २२ वर्षीय माल्दा देवीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अन्यन २ जनालाई पनि पक्राउ गरिएको जनाए पनि उनीहरुको नाम भने खुलाइएको छैन ।

प्रहरीका अनुसार ससुरा सुरेशसहित सासु फूलकुमारी समेतले उर्मीलाको हत्या गरी शनिबार राति ११ बजेतिर जलाउन लागेका थिए ।

स्थानीयको सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले उर्मीलाको शव जलाउँदै गरेको अवस्थामा समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा ससुरा सुरेशसहितले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै उर्मीलाको हत्या गरेको देखिएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : २० बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल