क्वारेन्टाइनमा बस्न मान्दैनन् हुम्ली « Khabarhub

क्वारेन्टाइनमा बस्न मान्दैनन् हुम्ली


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् ।

सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । सर्केगाडले केही दिन अगाडिदेखि महिनाको रु ३० हजार तिर्ने गरेर एक घरनै भाडामा लगेर १६ शय्याको क्वारेनटाइन बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताए ।

भारतबाट मजदूरी गरेर फिर्ता भएकाहरु कोही पनि बस्न नमानेको अधिकृत शाहीले बताए ।

ताजाँकोट गाउँपालिकाले वडा नम्बर ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नम्बर ३ को नाउलीमा क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष बाग्दल मल्लले बताए ।

जिल्लामा १४१ क्वारेन्टाइनमध्ये ५० सिमकोटमा छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका रामप्रसाद घर्ती मगरका अनुसार जिल्ला बाहिरबाट आएका र विदेशबाट आएकाहरु आआफ्नै घरमा बस्दै आएका कारण सातवटै गाउँपालिकामा तयार गरिएका क्वारेनटाइन खाली छन् ।

जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहर र भारतबाट हुम्ला फर्किएका ८६१ जना हुम्ला प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन गाउँपालिकाका क्वारेनटाइन प्रयोगमा

सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा तयार भएका क्वारेनटाइन प्रयोगमा आएका छन भने अन्य पालिकामा रहेका क्वारेनटाइन खाली छन् ।

जिल्ला बाहिरबाट आएकाहरू गाउँमा तयार पारिएको क्वारेन्टाइनमा बस्न नमान्दा अधिकांश क्वारेन्टाइनस्थल रित्तै छन् । सिमकोटमा निर्माण गरिएका ५० शय्याको क्वारेन्टाइनमा हालसम्म ३० तथा तल्लो बजारमा रहेको जिल्ला अस्पताल नजीक चर्चमा नौ जना बसेका छन् । तीन गाउँपालिकामा अहिलेसम्म ७२ जनालाई क्वारेनटइनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई गाउँपालिका स्वास्थ्य सामग्री खरीद गर्दै

कोरोना संक्रमणविरूद्धको लडाइँका लागि सिमकोट र खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य उपकरण र औषधि खरीद गर्न लागेका छन् । सिमकोटले रु १० लाख मूल्य बराबरको स्वास्थ्य उपकरण र औषधि खरीद गरिसकेको छ ।

सम्भावित संक्रमणबाट जोगिन र गाउँपालिकामा स्थापना भएका हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा रहेका व्यक्तिलाई जाँच गर्न तथा कोरोनाविरुद्ध खटिएका पालिकाका स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्नाका लागि आवश्यक उपकरण र चाहिने औषधि खरीद गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।

पालिकाले ३० थान पीपीई, १६ थान थर्मोगन, दुई हजार पाँच सय थान सर्जिकल मास्क, एक हजार थान सर्जिकल ग्लोब्स, साठी पोका लुज ग्लोभ्स, एक सय थान एन नाइन्टिन मास्क र २५० थान सेनिटाइजरसहित अन्य आवश्यक औषधि खरीद गरेको सिमकोटका अध्यक्ष पदमबहादुर लामाले बताए ।

यस्तै खार्पुनाथ गाउँपालिकाले पनि कोरोना संक्रमणका लागि जाँच गर्ने आवश्यक उपकरण् आफैँ खरीद गरेको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ५० बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र