मेडिकल उपकरण खरिदमा 'जिटुजी' वा निजी क्षेत्र दुवै विकल्प अवलम्वन गरिने | Khabarhub Khabarhub

मेडिकल उपकरण खरिदमा ‘जिटुजी’ वा निजी क्षेत्र दुवै विकल्प अवलम्वन गरिने


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले जिटुजी वा निजी क्षेत्र दुवै माध्यमबाट मेडिकल सामग्री खरिद गर्न सक्ने निर्णय गरेको छ।

आइतबार सिंहदरवारमा बसेको समिति बैठकले विपद् र माहामारीको समय भएकाले औषधि, उपकरणको खरिद सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार जिटुजीबाट विदेशी सरकारबाट किन्न सक्ने र कानुनमा तोकिएकै प्रावधानअनुसार प्रतिस्पर्धात्मक बाटोबाट निजी क्षेत्रबाट खरिद गर्न सक्ने गरी दुवै विकल्प अवलम्बन गर्ने निर्णय गरेको छ।

समितिको आइतबार बसेको  बैठकले प्रत्यक्षरुपमा सेवामा रहने कर्मचारीको बीमा र सुविधाका विषयमा समेत छलफल गर्दै व्यवस्थित अघि बढ्ने निर्णय गरेको छ ।

बैठकले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर जान दिने निर्णय गरेको छ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ४० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न