भैरहवा प्रयोगशालामा कोरोनाको पहिलो नमूना परीक्षण 'नेगेटिभ' | Khabarhub Khabarhub

भैरहवा प्रयोगशालामा कोरोनाको पहिलो नमूना परीक्षण ‘नेगेटिभ’


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि शुरु भएको कोरोना परीक्षणको पहिलो नतिजा नेगेटिभ देखिएको छ ।

कोरोनाका लागि मात्र नभएर अन्य सबै खालका इन्फ्लुएञ्जा भाइरसको परीक्षण गर्न मिल्ने गरी सञ्चालनमा ल्याइएको भवनमा पिसिआर मेशिनसँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए ।

प्रयोगशालाको सञ्चालनका आज दिनभरि नै यन्त्र जडान र त्यसको गुणस्तर परीक्षणको काम सकिएपछि एउटा नमूना मात्र परीक्षण गरिएको डा गिरीले जानकारी दिए ।

उनले भने, ‘नमूनाका रुपमा गरिएको पहिलो परीक्षणमा नै नेगेटिभ रिपोर्ट आएको छ ।’

परीक्षणको काम सोमबारदेखि पूर्णरुपमा हुने छ । सोमबार बाँके क्षेत्रका अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा संकलित स्वाब परीक्षणका लागि आउने छ । उक्त प्रयोगशालामा यन्त्रले परीक्षणको रिपोर्ट एक जनाको १ घण्टामा दिने छ । सोमबार आउने नमूनाको रिपोर्ट दिने काम सोही दिन नै निस्कने डा गिरीले जानकारी दिए ।

मुख्यमन्त्रीबाट निरीक्षण

मुख्यमन्त्री शंकर पोखरेलले आइतबार भैरहवास्थित राष्ट्रिय गहुँ बाली परिसरमा स्थापित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी प्रयोगशालामा भइरहेको कामबारे जानकारी लिएका थिए ।

प्रयोगशालाको सञ्चालनपछि मुख्यमन्त्री पोखरेलले कोरोना परीक्षणको प्रयोगशाला सञ्चालनमा आएको बताउँदै समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘गहुँबाली केन्द्रमा रहेको प्रदेशस्तरीय प्रयोगशालामा कोरोना टेष्ट सफल भयो । अबदेखि प्रदेश ५ को स्वाब परीक्षण गर्न पठाउनुहोला ।’

सामाजिक विकासमन्त्री सुदर्शन बराल, सामाजिक विकास सचिव गोपीकृष्ण खनाललगायतले प्रयोगशालाको अवस्थाका बारेमा उनलाई जानकारी गराए ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले सामाजिक विकास सचिव र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुखलाई आरटी पिसिआर मेशिन तत्काल खरीद प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १० : १० बजे

लमजुङको पसगाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडिँदै

गण्डकी– सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको