कोरोना भाइरसः जर्मनी ज्यान गुमाउने १५ सय बढी, संक्रमित १ लाख नाघे « Khabarhub

कोरोना भाइरसः जर्मनी ज्यान गुमाउने १५ सय बढी, संक्रमित १ लाख नाघे


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ५८४ पुगेको छ ।

जर्मनीमा एकैदिन ४ हजार ३१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख १२३ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक जर्मनीमा पनि तीव्र देखिएको छ ।

जर्मनीमा संक्रमितमध्ये २८ हजार ७०० जना उपचारपछि निको भएका छन् । ३ हजार ९३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ६९ हजार ८३९ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

एकै दिन ७१ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ५५४ पुगेको छ ।

संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : ०२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा