फ्रान्समा कोरोना भाइरसले एकै दिन ५ सय बढीको मृत्यु « Khabarhub

फ्रान्समा कोरोना भाइरसले एकै दिन ५ सय बढीको मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ५ सय १८ ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ७८ पुगेको छ ।

जसमा एकै दिन २ हजार ८८६ जना संक्रमित भएसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९२ हजार ८३९ जना पुगको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुकहरु तीव्र देखिएको छ ।

फ्रान्समा संक्रमितमध्ये १६ हजार १८३ जना उपचारपछि निको भएका छन् । ६ हजार ८३८ अवस्था गम्भीर रहेको जनाइएको छ भने ६८ हजार ५७८ उपचाररत छन् ।

यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख ७२ हजार नाघेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

एकै दिन ७१ हजार २५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ७३७ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख ३६ हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ९ हजार ६ सय बढीको ज्यान गएको छ ।

त्यसैगरी स्पेनमा १ लाख ३१ हजार बढी संक्रमित रहेका छन् । जहाँ १२ हजार ६४१ बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ भने १ लाख २८ हजार बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : १४ बजे

रास्वपा महाधिवेशन: पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु

राष्ट्रियसभा : सुकुम्वासीको उचित प्रबन्ध गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनमा एक उपसभापति, एक महिला उपसभापति,

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि

फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएकी रन्जु