कोरोना भाइरसविरुद्धको संघर्षमा हामी सफल हुन्छौँः महारानी एलिजाबेथ « Khabarhub

कोरोना भाइरसविरुद्धको संघर्षमा हामी सफल हुन्छौँः महारानी एलिजाबेथ


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधन गर्दै कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके ‘सफल हुने’ बताएकी छन्।

दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र ‘अरूका लागि सहयोग गर्न जुटेकाहरूको’ प्रशंसा गरिन्।

उनले ‘प्रत्येक घण्टा’ काम गरेर “सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्‍याउने” अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्।

यूकेमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेका बेला उनको यस्तो सन्देश आएको हो।

‘फेरि भेट्नेछौँ’

विन्जर क्यासलबाट सम्बोधन गर्दै महारानी एलिजाबेथ द्वितीयाले भनिन्: “हामीले विगतमा चुनौतीहरू भोगेको भए तापनि यो एकदमै फरक छ।”

“यस पटक विज्ञानको बृहत् विकास र हाम्रो करुणाभावसहित साझा प्रयत्नका लागि विश्वभरिका देशहरूसँग हामी मिलेका छौँ। हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ।”

“हामीले अझ धेरै सहनुपरे पनि के कुरा सम्झेर सहज मान्नुपर्छ भने राम्रा दिनहरू फर्किनेछन्: हामी फेरि आफ्ना साथीहरूमाझ हुनेछौँ, हामी फेरि हाम्रा परिवारसँग हुनेछौँ, हामी फेरि भेट्नेछौँ।”

त्रियानब्बे वर्षीया महारानीले ‘आफ्ना प्रियजनबाट अलग्गिने पीडादायी अवस्था’बारे बोलिन् र अहिले जारी राख्न भनिएको व्यक्तिगत दूरीले दोस्रो विश्वयुद्धताका अन्यत्र सारिएका बालबालिकाहरू सम्झाएको बताइन्।

महारानीले सन्देश दिएको एक घण्टापछि डाउनिङ स्ट्रीटले प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल लगिएको घोषणा गरेको थियो।

दश दिनअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनी एकान्तवासमा थिए।

आफ्नो सम्बोधनमा महारानीले नियम मानेर घरमै बसिरहेका सबैले “जोखिममा रहेकालाई जोगाउन सहयोग गरेको र आफन्त गुमाएर पीडामा रहेका परिवारसँग सहानुभूति” भएको बताइन्।

“मिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ,” उनले भनिन्।

उनले आत्मानुशासन र सङ्कल्पमा जोड दिँदै आफूले भविष्यमा “यो चुनौती कसरी सामना गरेका थियौँ भन्नेमा सबैले गर्व अनुभूति गर्ने” पनि बताइन्। बीबीसीबाट

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ४२ बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्र शाहको उपस्थिति बिना सुरु भयो रास्वपा संसदीय दलको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले