कोरोना भाइरसविरुद्धको संघर्षमा हामी सफल हुन्छौँः महारानी एलिजाबेथ | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्धको संघर्षमा हामी सफल हुन्छौँः महारानी एलिजाबेथ


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधन गर्दै कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके ‘सफल हुने’ बताएकी छन्।

दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र ‘अरूका लागि सहयोग गर्न जुटेकाहरूको’ प्रशंसा गरिन्।

उनले ‘प्रत्येक घण्टा’ काम गरेर “सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्‍याउने” अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्।

यूकेमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेका बेला उनको यस्तो सन्देश आएको हो।

‘फेरि भेट्नेछौँ’

विन्जर क्यासलबाट सम्बोधन गर्दै महारानी एलिजाबेथ द्वितीयाले भनिन्: “हामीले विगतमा चुनौतीहरू भोगेको भए तापनि यो एकदमै फरक छ।”

“यस पटक विज्ञानको बृहत् विकास र हाम्रो करुणाभावसहित साझा प्रयत्नका लागि विश्वभरिका देशहरूसँग हामी मिलेका छौँ। हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ।”

“हामीले अझ धेरै सहनुपरे पनि के कुरा सम्झेर सहज मान्नुपर्छ भने राम्रा दिनहरू फर्किनेछन्: हामी फेरि आफ्ना साथीहरूमाझ हुनेछौँ, हामी फेरि हाम्रा परिवारसँग हुनेछौँ, हामी फेरि भेट्नेछौँ।”

त्रियानब्बे वर्षीया महारानीले ‘आफ्ना प्रियजनबाट अलग्गिने पीडादायी अवस्था’बारे बोलिन् र अहिले जारी राख्न भनिएको व्यक्तिगत दूरीले दोस्रो विश्वयुद्धताका अन्यत्र सारिएका बालबालिकाहरू सम्झाएको बताइन्।

महारानीले सन्देश दिएको एक घण्टापछि डाउनिङ स्ट्रीटले प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल लगिएको घोषणा गरेको थियो।

दश दिनअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनी एकान्तवासमा थिए।

आफ्नो सम्बोधनमा महारानीले नियम मानेर घरमै बसिरहेका सबैले “जोखिममा रहेकालाई जोगाउन सहयोग गरेको र आफन्त गुमाएर पीडामा रहेका परिवारसँग सहानुभूति” भएको बताइन्।

“मिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ,” उनले भनिन्।

उनले आत्मानुशासन र सङ्कल्पमा जोड दिँदै आफूले भविष्यमा “यो चुनौती कसरी सामना गरेका थियौँ भन्नेमा सबैले गर्व अनुभूति गर्ने” पनि बताइन्। बीबीसीबाट

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ४२ बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्