कोरोना भाइरस संक्रमण पत्ता लगाउन कुकुरको प्रयोग ! « Khabarhub

कोरोना भाइरस संक्रमण पत्ता लगाउन कुकुरको प्रयोग !


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- कोरोना भाइरस संक्रमण पत्ता लगाउन कुकुरको प्रयोग गर्ने तयारी गरिएको छ ।

कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको हो ।

मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको बीबीसीले जनाएको छ ।

विश्वभरि कोभिड-१९ महामारी फैलिएको बेला डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन तालिम दिन लागेको हो।

मेडिकल डिटेक्शन डग्सका प्रमुख क्लेअर गेस्टका अनुसार “बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपाय” खोजी हुँदैछ।

यदि यो कुरा प्रमाणित भयो भने लक्षण नभएका सङ्क्रमित व्यक्ति छुट्याउन पनि कुकुरको प्रयोग हुन सक्नेछ।

गेस्टका अनुसार कुकुरको प्रयोगबाट चाँडै र प्रभावकारी ढङ्गमा सङ्क्रमण पत्ता लगाउन सकिनेछ। त्यसो भयो भने एनएचएसको साधन र स्रोत आवश्यक परीक्षणमा प्रयोग गर्न सकिनेछ।

लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनको रोग नियन्त्रण विभागका प्रमुख प्राध्यापक जेम्स लोगनका अनुसार अनुसन्धानबाट कुकुरले सुँघेर औलो रोग पत्ता लगाउन सक्ने प्रमाणित भइसकेको छ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै