कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना भाइरसको र्‍यापिड टेस्ट शुरु « Khabarhub

कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना भाइरसको र्‍यापिड टेस्ट शुरु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा र्‍यापिड डाइग्नोस्टिक किट मार्फत कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्वारेन्टाइमा रहेका तथा हालसम्म संक्रमण पुष्टि भएका व्यक्तिको समुदायका व्यक्तिको नमूना संकलन गरी र्‍यापिड किट मार्फत परीक्षण गरिने छ ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वारेन्टाइनमा रहेका र कोराना संक्रमित व्यक्तिको छिमेक तथा समूदायमा रहेकाहरुको परीक्षण शुरु गरिएको बताए ।

प्रवक्ता डा देवकोटाले कोरोना भाइरस संक्रमणको आशंकामा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हालसम्म १६ सय ९७ वटा नमूना परीक्षण भएको बताए ।
स्वास्थ्य मन्त्रालयले धुलिखेल, भरतपुर र भैरहबा पनि पोर्टेबल पीसीआर मेसिन मार्फत कोरोना परीक्षणको काम शुरु भएको जनाएको छ । यस्तै काठमाडौं उपत्यका बाहिर ९ वटा ठाउँमा कोरोना परीक्षणको काम शुरु भएको डा देवकोटालको भनाइ छ ।

कोरोनाको आशंकामा देशभरका विभिन्न अस्पतालमा १ सय ७ जना व्यक्ति आइसोलेसनमा रहेको र बाहिर देशबाट आएका ९ हजारभन्दा बढी व्यक्ति क्वारेन्टाइम रहेको डा देवकोटाले जानकारी दिए । ‘हाल काठमाडौं उपत्यकामा १२ जना र उपत्यका बाहिर ९५ जना गरी कुल १ सय ७ जना आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता डा देवकोटाले भने, ‘यसैगरी देशैभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा हुनुहुन्छ ।’

स्वस्थ्य मन्त्रालयको मोवाइल एप्समा १२ सय ९१ जनाले २४ घण्टाभित्र कोरानाको लक्षण भएको भन्दै जानकारी गराएको प्रवक्ता डा देवकोटाले बताए । उनीहरुमध्ये ५ जनालाई रेड जोनमा राखिएको छ । उक्त एप्समा हालसम्म आफूमा कोरोनाको लक्षण देखिएको भन्दै ९ हजार ३ सय ८८ जनाले जानकारी गराएका छन् ।

चैत महिनामा विदेशबाट आएका व्यक्तिको नमूना संकलन गर्न उपत्यका भित्रका मेयरसँग छलफल भएको प्रवक्ता देवकोटाले बताए ।

कोरोनाका विरामीका लागि १० वटा एम्बुलेन्स तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका विरामीका लागि १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयको ४ वटा, राष्ट्रिय एम्बुलेन्स सेवाको ५ वटा र काठमाडौं महानगरपालीकाको एउटा गरी काठमाडौंमा १० वटा एम्बुलेन्स कोरोनाका बिरामीको लागि तयारी अवस्थामा राखिएको बताए ।

ती एम्बुलेन्स सेवा लिनका लागि आवश्यक परेका व्यक्तिले १०२ मा फोन गर्न सक्ने प्रवक्ता डा देवकोटाको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरसको रोकथाम तथा संक्रमितहरुको उपचारको तयारीका विषयमा वीर, ट्रमा, सिभिल, काठमाडौं मेडिकल कलेज, पाटन र टिचिङ अस्पतालको स्थलगत अनुगमन गरेको पनि देवकोटाले जानकारी दिए ।

यस्तै स्वास्थ्य मन्त्रालयका ११ औं तहका कर्मचारीको नेतृत्वमा प्रदेश तथा स्थानीय तहमा भएका कर्मचारीको व्यवस्थापन र आकलन गर्ने उनले बताए ।

उपत्यका बाहिर पनि कोरोना संक्रमण देखिएकाले त्यहाँका अस्पतालको कर्मचारी व्यवस्थापनको अवस्थाबारे तीन दिन भित्र प्रतिवदेन उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिइएको देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ३० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी