प्रदेश १ को कोरोना कोषमा ११ करोड ६५ लाख रकम जम्मा « Khabarhub

प्रदेश १ को कोरोना कोषमा ११ करोड ६५ लाख रकम जम्मा


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोरोना भाइरसको संक्रमण रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश नम्बर १ सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा हालसम्म ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ ।

कोषमा सोमबार मात्रै ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्पिरिषद कार्यालयले जानकारी दिएको छ । कोषमा आइतबारसम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो ।

चैत ११ गते बसेको प्रदेश नम्बर १ को मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम, प्रतिरक्षा र उपचारका लागि १० करोड रुपैयाँको जनसुरक्षा कोषा खडा गर्ने निर्णय गरेको थियो । उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने समेत निर्णय गरिएको थियो ।

राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा रकम गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । यस्तै, इन्टरनेट बैंकिङ र अनलाइन पेमेन्ट गेटवेमार्फत पनि खातामा पैसा जम्मा गर्न सकिने जनाइएको छ ।

कोषमा हालसम्म विभिन्न बैंक तता वित्तिय संस्था, विभिन्न संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार