संघीय संसद्को चालू अधिवेशन अन्त्य « Khabarhub

संघीय संसद्को चालू अधिवेशन अन्त्य


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेकी छिन् ।

नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालू पाँचौँ अधिवेशन अन्त्य गरेको संघीय संसद् सचिवालयले सूचनापत्रमार्फत जानकारी दिएको छ ।

चालू अधिवेशन स्वतः अन्त्य भएकाले यही चैत २१ गते सूचना प्रकाशन गरी स्थगित प्रतिनिधिसभा र यही चैत ७ गते स्थगित राष्ट्रियसभाको बैठकसमेत अन्त्य भएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ ।

गत पुस ४ गतेदेखि शुरु भएको चालू अधिवेशनबाट वर्तमान सभामुखको चयन भएको थियो । यो अधिवेशनमा सङ्घीय सदनबाट शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन , औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रणसम्बन्धी विधेयक पारित भएका थिए । कोरोनासम्बन्धी सार्वजनिक महत्वका विषयमा छलफल हुनाका साथै महिला हिंसासम्बन्धी सङ्कल्प प्रस्ताव पनि यो अधिवेशनबाट पारित गरियो ।

नेपालको नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक, सङ्घीय निजामती सेवा विधेयकजस्ता महत्वपूर्ण विधेयक भने पारित हुन सकेनन् । निकै चर्चामा रहेको अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सदनमा छलफलका लागि प्रवेश पाएन ।

चालू अधिवेशनमा प्रतिनिधिसभाबाट आठ विधेयक पारित भए भने त्यसका विभिन्न समितिमा हाल १३ विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएकासमेत १८ विधेयक विचाराधीन छन् । यस अधिवेशनमा सन्धिसम्झौता अनुमोदनसम्बन्धी नौ प्रतिवेदन पेश भएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : ३१ बजे

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ