संघीय संसद्को चालू अधिवेशन अन्त्य | Khabarhub Khabarhub

संघीय संसद्को चालू अधिवेशन अन्त्य


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेकी छिन् ।

नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालू पाँचौँ अधिवेशन अन्त्य गरेको संघीय संसद् सचिवालयले सूचनापत्रमार्फत जानकारी दिएको छ ।

चालू अधिवेशन स्वतः अन्त्य भएकाले यही चैत २१ गते सूचना प्रकाशन गरी स्थगित प्रतिनिधिसभा र यही चैत ७ गते स्थगित राष्ट्रियसभाको बैठकसमेत अन्त्य भएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ ।

गत पुस ४ गतेदेखि शुरु भएको चालू अधिवेशनबाट वर्तमान सभामुखको चयन भएको थियो । यो अधिवेशनमा सङ्घीय सदनबाट शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन , औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रणसम्बन्धी विधेयक पारित भएका थिए । कोरोनासम्बन्धी सार्वजनिक महत्वका विषयमा छलफल हुनाका साथै महिला हिंसासम्बन्धी सङ्कल्प प्रस्ताव पनि यो अधिवेशनबाट पारित गरियो ।

नेपालको नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक, सङ्घीय निजामती सेवा विधेयकजस्ता महत्वपूर्ण विधेयक भने पारित हुन सकेनन् । निकै चर्चामा रहेको अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सदनमा छलफलका लागि प्रवेश पाएन ।

चालू अधिवेशनमा प्रतिनिधिसभाबाट आठ विधेयक पारित भए भने त्यसका विभिन्न समितिमा हाल १३ विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएकासमेत १८ विधेयक विचाराधीन छन् । यस अधिवेशनमा सन्धिसम्झौता अनुमोदनसम्बन्धी नौ प्रतिवेदन पेश भएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : ३१ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित