सीमानाकामा सशस्त्र प्रहरिले बढायो सक्रियता « Khabarhub

सीमानाकामा सशस्त्र प्रहरिले बढायो सक्रियता


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारा जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नम्बर गणले सीमा ईलाकामा उपस्थिति मजबुत बनाएको छ ।

सशस्त्र प्रहरी बलले बाराको ६० किलोमिटर सीमा ईलाकामा हाल सम्म १२० भन्दा बढी जनशक्ति नियमित परिचालन गरेको गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए ।

बारा जिल्लामा सीमा नाकामा हाल ७ वटा बीओपी मार्फत नियमित रुपमा सीमा सुरक्षा तथा राजस्व संकलन चोरी निकासी पैठारी नियन्त्रणको कार्य गर्दै आइरहेको छ ।

सात बीओपीमा जनशक्ति थप गरी लकडाउन सफल पार्न तथा कोरोना सन्क्रमित तथा कोही पनि व्यक्तिहरु सीमा नाकाबाट आवतजावत नगरुन् भनी सिमा नाकामा कडाइ गरिएको गणपति सुबेदीले बताए ।

सशस्त्र प्रहरिको जनशक्ति थपको लागि गृह मन्त्रालयमार्फत समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।

आजै मात्र प्रमुख जिल्ला अधीकारी पण्डितको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरुले जिल्लाको सीमानाकाको निरीक्षण गरिएको छ ।

मटिअर्बा देखि पश्चिम छतवासम्मको सीमानाकाको अनुगमन भएको मटिअर्बा बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीले बताए ।

कोरोना सन्क्रमण रोक्नको लागि शसस्त्र प्रहरी बल सीमा नाकामा सक्रय भएर लागेको गणपति सुबेदीले बताए ।

आइतबारमात्र सशस्त्र प्रहरी बलले जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने तीन जना भारतीय मुस्लिम धर्मावलम्बीहरुलाई नियन्त्रणमा लिइ समकक्षी एसएसबीलाई बुझाएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ०० बजे

कास्की–४ मा कांग्रेसका दीपक रानाभाट अगाडि

कास्की– जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को सार्वजनिक मतपरिणाम

आफैंलाई मोसो दल्दै माओवादी छाडेका रहबरलाई फाप्यो रास्वपा, फराकिलो मतान्तरले विजयी

बारा- बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र

बाजुरामा कांग्रेसका जनक गिरी अग्रस्थानमा

बाजुरा– बाजुरा प्रतिनिधिसभा क्षेत्रको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार

पाँचथरमा कांग्रेस अगाडि

पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र