बेलायत- बेलायतमा कोरोना भाइरसबाट ३६ वर्षीय नर्सको मृत्यु भएको छ ।
तीन सन्तानकी आमा अरीमा नसरीनले कोरोना भाइरसबाट ज्यान गुमाएकी हुन् । उनी वाल्सल मनोर अस्पतालमा एक्यूट मेडिकल युनिटमा काम गर्दै आएकी थिइन् ।
मृतक नर्सकी बहिनी काजीमा नसरिनले उनी एक बहुप्रतिभाशाली भएको बताउँदै उनकाे निधनमा गहिरो दुख व्यक्त गरेकी छिन् ।
उनले भनिन, ‘हामीले एउटा बहुप्रतिभाशाली नर्स गुमायौँ, हामीले जीवनमा एक अद्भुत व्यक्तिलाई पनि गुमायौँ ।’
उनी काममा अब्बल भएकै कारण समाजमा उदाहरणीय बनेकी थिइन् । उनी बिरामीको हेरचाहमा मात्र नभएर समुदायको सधैँ हितमा लाग्ने गर्थिन् ।
उनले कुनै मानिस पैसाका कारण समस्यामा छन् ,कोही तीर्थयात्रामा जान चाहन्छन् तथा गरिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्दथिन् ।
नसरिनको गत शुक्रवार बिहान इन्टेन्सीभ केयर युनिटमा उपचारका क्रममा निधन भएको हो । उनलाई कोरोना भाइरस सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
प्रतिक्रिया