इटालीमा कोरोनाभाइरसले ज्यान गुमाउनेको स‌ंख्या १६ हजार ५ सय नाघ्यो | Khabarhub Khabarhub

इटालीमा कोरोनाभाइरसले ज्यान गुमाउनेको स‌ंख्या १६ हजार ५ सय नाघ्यो


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ ।

इटालीमा एकैदिन ३ हजार ५९९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३२ हजार ५४७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये २२ हजार ८३७ जना उपचारपछि निको भएका छन् । ३ हजार ८९८ जनाको अवस्था गम्भीर रहेकोे छ । संक्रमितमध्ये ९३ हजार १८७ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १३ लाख ४४ हजार ८५९ पुगेको छ । एकै दिन ७१ हजार ९५८ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : १५ बजे

तीजको दरमा के खाने के नखाने ?

काठमाडौं – हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन

कोशी अस्पतालमा नि:सन्तान क्लिनिक सञ्चालन

विराटनगर– कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सिरहा– लहान नगरपालिका– ४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा